पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरा आज सुरु हुँदैछ । शुक्रबार सुरु हुने क्याबिनेट मिटिङ शनिबारसम्म चल्नेछ ।
ताल महल इभेन्ट पोखरामा आयोजित क्याबिनेट मिटिङको सम्पूर्ण तयारी पुरा भइसकेको डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लले जानकारी दिए । एक हजार भन्दा बढी लायन्स सदस्यहरु क्याबिनेट मिटिङमा सहभागी हुने जनाइएको छ ।

पोखरामा क्याबिनेट मिटिङ आयोजना हुँदा पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ । लायन्स क्लब अफ पोखरा सिमल चौतारीले क्याबिनेट मिटिङ होस्ट गरेको हो ।




Comments are closed.