काठमाडौं ।
कामना सेवा विकास बैंकले मोरङ, बिराटनगरस्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।




Comments are closed.