नेपाल वितरक संघ ललितपुर क्षेत्रीय समितिमा ढकाल

ललितपुर । नेपाल वितरक संघ ललितपुर क्षेत्रीय समितिको संयोजकमा रामप्रसाद ढकाल चयन भएका छन् । शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनले सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपसंयोजकमा सन्तोष पौड्याल, सचिवमा उमेश अधिकारी (आकाश), सदस्यहरुमा अनुज महर्जन, निरन्जन आचार्य, नकुल आचार्य, रन्जु मानन्धर र दिपेश राय चयन भएका छन् ।

नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै उनले क्षेत्रीय समितिहरुले संघको गतिविधिलाई थप बलियो बनाएको बताए । व्यावसायिक हकहितका क्षेत्रमा सम्पूर्ण व्यवसायी एकजुट हुनुपर्ने उनले धारणा राखे ।

You might also like

Comments are closed.