काठमाडौं । लामिनार भिट्रिफाईड टायलले नेपालकै पहिलो किसिमको कोठा तथा बाथरूम रूपान्तरण अभियान “लामिनार – मेरो सपनाको घर” सार्वजनिक गरेको छ, जसको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन् ।
दुई विजेता नेपाली परिवारले आफ्नो घरको एक कोठा र एक बाथरूमको पूर्ण मेक–ओभर निःशुल्क पाउनेछन्, जुन Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting र Emporios Furnishings जस्ता प्रतिष्ठित ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुने छ ।
सहभागी हुनका लागि ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर किन आफ्ना कोठा वा बाथरूमलाई मेकओभर आवश्यक छ भन्ने प्रस्तुत गरी TikTok, Instagram वा Facebook मा public मोडमा पोस्ट गर्नुपर्ने छ, साथै @laminartiles ट्याग गर्दै #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुपर्छ ।
प्राप्त भिडियोलाई लामिनार, यसको क्रिएटिभ एजेन्सी तथा परियोजनाकी डिजाइनर अस्मी श्रेष्ठसमेत रहेको आन्तरिक समितिले कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा मूल्यांकन गर्नेछ । विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन तथा Before–During–After फोटो/भिडियो डकुमेन्टेशन निःशुल्क प्राप्त गर्नेछन् ।
भिडियो अपलोडको अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा २०२६ जनवरी ७ तोकिएको छ । अभियानमार्फत नेपाली घरलाई आधुनिक, आकर्षक, उपयोगी र आरामदायी बनाउने सन्देश दिन लामिनार तथा सहकार्यी ब्रान्डहरूले लक्ष्य लिएका छन् ।




Comments are closed.