पोखरा । पोखराको सम्पदा कम्प्लेक्स पहिलो तल्ला चिप्लेढुङ्गामा अवस्थित वे टु क्यान प्रा. लि. आई.सी.सी.सी.पोखरा नामबाट सञ्चालन हुने भएको छ । आफ्नो सेवालाई नयाँ परिचयसहित आई.सी.सी.सी. पोखरा नामबाट सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
यो महत्वपूर्ण रि ब्रान्डिङ को निर्णय आई.सी.सी.सी.का प्रबन्ध निर्देशक राम खड्का र वे टु क्यान प्रा.लि.का निर्देशक ऋषि न्यौपानेले हालै तिलिचो लेकबाट संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । अन्तर्राष्ट्रि«यस्तरको करियर काउन्सेलिङ, आई.ई.एल.टी.एस./ पी.टी.ई., जापानीज भाषा प्रशिक्षण, शैक्षिक मार्गदर्शन तथा वैदेशिक अध्ययन सेवालाई अझ व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने लक्ष्यका साथ आई.सि.सि.सि.पोखरा नाम अपनाइएको छ ।
नाम परिवर्तनसँगै आई.सी.सी.सी. पोखराबाट अष्ट्रेलिया, यू.के., यु.एस.ए, क्यानाडा, न्युजिल्यान्ड, जापान लगायतका विभिन्न विकसित देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विधार्थीका आवेदन तथा परामर्श सेवा उपलब्ध हुने बताइएको छ । हाल नेपालका विभिन्न सहरमा आई.सी.सी.सी. का १३ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् ।
निकट भविष्यमा थप विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ । तिलिचो लेक जस्तो उच्च हिमाली स्थलबाट गरिएको यो घोषणा पोखराको शैक्षिक सेवा क्षेत्रमा नयाँ उत्साह र अवसरको संकेत भएको सञ्चालकहरुको भनाइ छ ।




Comments are closed.