काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य यस दिन तोलामा ८० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।



Comments are closed.