काठमाडौं । बागमती आर्टस एण्ड ह्याण्डिक्राफ्टका सञ्चालक नरेशलाल श्रेष्ठ उत्कृष्ट उद्यमी सम्मानबाट सम्मानित भएका छन् ।
नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट उद्यमी सम्मान श्रेष्ठलाई प्रदान गरेको हो । महासंघको ५३औं वार्षिकोत्सव र १४औं हस्तकला दिवसको अवसरमा शनिबार उनलाई सम्मान प्रदान गरिएको हो ।
बागमती आर्टसका प्रवन्ध निर्देशक सगुना श्रेष्ठले सम्मान ग्रहण गरिन् । नरेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा विदेश रहेकाले सगुनाले सम्मान ग्रहण गरेकी हुन् । उनी महासंघको कार्यसमिति तथा निर्यात प्रदान समिति सभापतिसमेत हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिंहाले सम्मान पत्र प्रदान गरे । महासंघका निबर्तमान अध्यक्ष एवं सम्मान छनोट समिति संयोजक प्रचण्ड शाक्यको नेतृत्वको कमिटिले श्रेष्ठलाई उत्कृष्ट उद्यमी छनोट सिफारिस गरेको हो । महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्वमा कार्यक्रम आयोजना भएको थियो ।





Comments are closed.