lcci festival

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा डोङफेङ र दीपलको अत्याधुनिक शोरुम उद्घाटन

नेपालगन्ज । नेपालका लागि दीपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपल शोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। यस उद्घाटनले देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको कम्पनीले जनाएको छ ।

शोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो।

एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यवसायिक तथा अटोमोटिभ क्षेत्रका प्रतिष्ठित अतिथि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सफल उद्घाटन समारोहमा स्थानीय अधिकारी, व्यवसायी, ग्राहक र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो।

नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुमले ग्राहकलाई डोङफेङ र दीपालका पछिल्ला विद्युतीय सवारी साधनको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्। शोरुम उद्घाटनको एक दिन अघि नेपालगन्जमा नामी भिगो र दीपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा ईभी सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ।

शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पु आयोजना गरिरहेको छ। यस कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर ९७ किलोवाट ( ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन्।

 

You might also like

Comments are closed.