पोखरा । दीप युनाइटेड क्लबको आयोजनामा हुन गइरहेको ९औँ दीपसन्स साँझमा जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट ‘In Associate With मा जोडिएको छ।
यस सम्बन्धमा जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्टका प्रबन्ध निर्देशक राजन पन्थी र कार्यक्रम संयोजक राजेश गुरुंङ बीच औपचारिक रूपमा हस्ताक्षर गरी सहकार्य सम्झौता सम्पन्न भएको हो।
आगामी पुस २७ गते, २५ दिसम्बर ४ बजेपछि, मणिपाल कलेज रोड, दीप पोखरामा आयोजना हुने यस सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा चर्चित ब्यान्ड (‘जोन एंड द लिकल्स )’, लोकप्रिय ब्यान्ड कलाकार त्रिश्ना गुरुङ, साथै १६ बर्ड्सहरू बाट विभिन्न प्रस्तुति रहनेछन् ।
जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट ले यस्ता युवामुखी, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ। संस्थाका प्रवन्ध निर्देशक राजन पन्थीले शिक्षा मात्र नभई कला, संगीत र समुदायसँग जोडिने कार्यक्रमहरूलाई समर्थन गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको बताए।





Comments are closed.