पोखरा । पोखरा महानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा उद्योगी तथा समाजसेवी चन्द्रकृष्ण कर्माचार्यलाई सम्मान गरेको छ । महानगरले ‘पोखरेली नवरत्न सम्मान–२०८२’ सम्मान उनलाई अर्पण गरेको हो ।
बुधबार आयोजित विशेष समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरका प्रमुख धनराज आचार्यले कर्माचार्यलाई सम्मान अर्पण गरे ।
लामो समयदेखि पोखरालाई कर्मथलो बनाई औद्योगिक विकासमा पु¥याएको योगदानको कदर गर्दै कर्माचार्यलाई सम्मान प्रदान गरिएको हो । कर्माचार्य ग्रुपमार्फत उनले विस्कुट, तेल, चकलेट, चामल, चिउरा र दुग्धजन्य उत्पादनमा पोखरालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
उनको उद्योगले प्रत्यक्ष रूपमा सयौँलाई रोजगारी प्रदान गर्नुका साथै आयात प्रतिस्थापनमा समेत सघाउ पु¥याएको महानगरले जनाएको छ ।
सम्मानका साथमा कर्माचार्यलाई नगद रु २ लाख २ हजार २०२, ताम्रपत्र र दोसल्ला प्रदान गरिएको छ ।

चन्द्रकृष्ण कर्माचार्य लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत हुन् । उद्योगी व्यवसायीहरूको हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्था लगायतका सामाजिक संघसंस्थाहरूमा बसेर सामाजिक विकासमा पनि उत्तिकै योगदान पु¥याएका छन् ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पोखराको पहिचान र विकासमा योगदान दिने यस्ता व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्ने बताए । मेयर आचार्यले महानगरले आफ्नो जग बसाल्न र आजको अवस्थासम्म पु¥याउन भूमिका खेल्ने सबैको उच्च मूल्याङ्कन गर्ने नीति लिएको स्पष्ट पारे ।





Comments are closed.