पोखरा । नवराज सापकोटा उत्कृष्ट कर्मचारीबाट सम्मानित भएका छन् । पोखरा महानगरपालिकाको वर्ष उत्कृष्ट कर्मचारी बन्न उनी सफल भएका हुन् । महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा उनलाई वर्ष उत्कृष्ट कर्मचारी सम्मान घोषणा गर्दै सम्मानित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गरेका सापकोटा पोखरा–२६ मा सूचना अधिकारीका रुपमा कार्यरत छन् । उनीसहित ५ जनालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।
सम्मानले प्रेरणा मिलेको र थप उत्कृष्ट कार्य गर्नका लागि उत्साह प्राप्त भएको सापकोटाले बताए ।





Comments are closed.