काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना तथा नेपाल पाउरोटी उद्योग संघ, काठमाडौंको सहकार्यमा खाद्य पदार्थको गुणस्तर निर्धारण प्रक्रिया तथा ट्रान्स फ्याट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लाजिम्पाटस्थित नेपाली चुलो भोजनालयमा आयोजित कार्यक्रममा बेकरी उद्योगी, उद्योग–वाणिज्य महासंघका पदाधिकारी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, अनिवार्य गुणस्तर निर्धारण प्रक्रिया लगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ट्रान्स फ्याट न्यूनीकरणका लागि आयात बिन्दुमा कडाइ, उद्योगी–सरकारबीच सहकार्य र उपभोक्ता जनचेतनाको आवश्यकता औंल्याइएको थियो ।
छलफलका क्रममा सहभागीहरूले ट्रान्स फ्याट नियन्त्रणमा उद्योगी, सरकार र नियामक निकायले समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।




Comments are closed.