lcci festival

डेकर हर्बल्सद्वारा थाइल्यान्डमा नेपाली ब्युटिसियनका लागि मेकअप आर्टिस्ट गोष्ठी

काठमाडौं । नेपालका विभिन्न शहरबाट छनोट गरिएका १२ जना दक्ष ब्युटिसियनलाई सहभागी गराई डेकर हर्बल्सले थाइल्यान्डको राजधानी बैंककमा विशेष Makeup Artists गोष्ठी स्म्पन्न गरेको छ। अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य ज्ञान, नयाँ प्रविधि तथा व्यावसायिक अनुभव प्रदान गर्ने उद्देश्यसहित यो कार्यक्रम सम्पन्न गरिएको हो।

गोष्ठीमा आधुनिकMakeup Trend, Professional Bridal Makeup, Skin Preparation Techniques, Product Knowledge तथा International Standard अनुसार काम गर्ने विधिबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी Beautician हरुले थाइल्यान्डका अनुभवी Makeup Artist तथा Beauty Expert हरुसँग प्रत्यक्ष रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए।

लेखनाथ, पोखराकी सहभागी Beautician जीना मगरले गोष्ठी आफ्नो करियरका लागि अत्यन्त उपयोगी भएको बताइन्। उनले भनिन्, “अन्तर्राष्ट्रिय स्तरका Makeup Techniques, प्रोडक्ट प्रयोग गर्ने तरिका र Client Handling बारे धेरै नयाँ कुरा सिक्ने मौका मिल्यो। डेकर हर्बेल्सले दिएको यो अवसर हाम्रो पेशागत उन्नतिका लागि निकै महत्वपूर्ण छ।” यसैगरी, पोखरा बुद्धचोककी Beautician सुनिता गुरुङले बैंककको प्रशिक्षणले आफ्नो आत्मविश्वास बढाएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “यहाँ सिकेका नयाँ Trend र Bridal Makeup Style नेपालमा लागू गर्दा ग्राहक सन्तुष्टि अझ बढ्ने विश्वास छ।”

त्यस्तै, तनहुँ आबुँखैरेनीकी Beautician मञ्जु श्रेष्ठले अन्तर्राष्ट्रिय Exposure पाउनु नै कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि भएको बताइन्। उनले भनिन्, “विदेशी Beauty Expert सँग प्रत्यक्ष संवाद र अभ्यासले हाम्रो सीपलाई नयाँ स्तरमा पुर्‍याएको छ।”

डेकर हर्बेल्सका CEO दुर्गा प्रसाद गौतमले नेपाली Beautician हरुको क्षमता विश्वस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए। उनले भने, “नेपालका Beautician हरुमा अपार सम्भावना छ। सही तालिम, Exposure र अन्तर्राष्ट्रिय Platform उपलब्ध गराउन सके उनीहरू विश्व बजारमा पनि प्रतिस्पर्धी बन्न सक्छन्। डेकर हर्बेल्सले यही लक्ष्यका साथ यस्ता गोष्ठीहरू आयोजना गर्दै आएको छ।”

यस गोष्ठीको सफल व्यवस्थापन तथा समन्वय डेकर हर्बेल्सका Director प्रदीप गौतमको नेतृत्व र टिम कमाण्डमा सम्पन्न भएको हो। उनको कुशल व्यवस्थापन, योजनाबद्ध कार्यशैली तथा समर्पित टिमको सहकार्यले कार्यक्रम प्रभावकारी र सफल रूपमा सम्पन्न भएको छ।

डेकर हर्बेल्सले चितवनमा विगत २ दशकदेखि विभिन्न सौन्दर्यसम्बन्धी हर्बल तथा ब्यूटी प्रोडक्टहरू उत्पादन गर्दै आएको छ। कम्पनीले हरेक वर्ष नेपाली Beautician हरुलाई अन्तर्राष्ट्रिय तालिम, Workshop तथा Exposure प्रदान गर्ने दीर्घकालीन योजना अघि बढाउँदै आएको छ। यस्ता पहलहरूले नेपाली सौन्दर्य उद्योगलाई थप व्यावसायिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिइएको छ।

You might also like

Comments are closed.