काठमाडौं । ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण तथा ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता ’ हुने भएको छ ।
नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ आयोजना गरिएको हो । देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य कार्यक्रमको छ । कार्यक्रम संयोजक समिर लामिछानेले भने‘ युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ ।’
कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागि हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको १५ देखि २९ वर्षका युवाहरूमा नेतृत्व, संचार सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम युवा -मैत्री अभिव्यक्ति प्लेटफर्मका रूपमा अघि सारिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्दारा मूल्यांकन हुने छ । ‘ अबको नेपालमा GenZ को भूमिका ’ भन्ने विषयमा भिडियो बनाउनु पर्ने छ, भने भिडियोको अवधि ३ मिनेटको हुनुपर्ने छ । त्यस्तै, उक्त कार्यक्रममा सहभागिताको लागि नेपाली युवा हुनुपर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । ‘
अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, कदर पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, कदर पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, कदर पत्र र मेडलद्दारा पुरस्कृत गरिने छ ।
उक्त कार्यक्रमले देशभरिका युवालाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकले आग्रह गरेको छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट तथा ह्याप्पी एफ।एम। र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् ।
त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहलस् लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. (कावासोती, नवलपुर ), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।
यस्ता छन् नियम र भिडियो बनाउदा ध्यान दिनु पर्ने कुराहरु स
भिडियोले सामाजिक संजालमा प्राप्त गरेको लोकप्रीयताको मूल्यांकन ५०%
निर्णायक मण्डलको निर्णय अनुसारको मूल्यांकन ५०%
माथिको मूल्यांकनको आधारमा उत्कृष्ट ३ जना सहभागीहरु छनोट गरिने छ ।
तेस्रो चरण :
तेस्रो चरणमा उत्कृष्ट छनोट भएका ३ जना प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरिने छ एवं छनोट भएकाहरुलाई कार्यक्रमको औपचारिक समापन समारोहमा बोलाई पुरस्कृत गरिने छ ।
भिडियोमा कुनै पनि अर्थमा अश्लील, घृणा फैलाउने, जातीय र धार्मिक रुपमा द्वेष सृजना गर्ने प्रवृत्तिको भएमा स्विकार गरिने छैन ।
कसैको कुनै पनि संवेदनशील पक्षलाई आघात पुग्ने किसिमका अभिव्यक्तिहरुलाई कडाइका साथ निषेध गरिने छ ।





Comments are closed.