lcci festival

लेखनाथको समग्र विकासमा महोत्सवको सकारात्मक योगदान

ध्रुवबाबु भट्टराई, द्वितीय उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ, प्रचारप्रसार संयोजक, २१औं लेखनाथ महोत्सव

फेरि एकपटक लेखनाथ उत्सवमय बन्दैछ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुष ३ देखि  पोखरा–२७, अर्घौचोकमा ‘२१औं लेखनाथ महोत्सव’  चलिरहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ मूल नाराका साथ सुरु भएको
छ ।

वर्तमान आर्थिक शिथिलताकाबीच व्यवसायी र उपभोक्ताको मनोबल उच्च बनाउन यो महोत्सव कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । क्रेता–विक्रेताबीचको साझा थलोका रूपमा महोत्सवलाई विकास गरिनेछ । महोत्सवमा ३३५ वटा स्टलहरू रहनेछन् । जहाँ औद्योगिक उत्पादन, हस्तकला, कृषि, माछा र सुन्तला लगायत प्रदर्शन हुनेछ । मनोरञ्जनका लागि जलपरी प्रदर्शन, रत्यौली, विद्यालयस्तरीय नृत्य, टिकटक प्रतियोगिता र राष्ट्रिय स्तरका कलाकारहरूको साँस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण बन्नेछ ।

महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवमा सहभागी हुन साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्कको टिकट कायम गरिएको छ । साँझको कन्सर्टतर्फ टिकट शुल्क २०० तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
लेखनाथ महोत्सव सफल बनाउन सम्पूर्ण लेखनाथबासीको सकारात्मक साथ र समर्थन रहदै आएको छ ।

लेखनाथ तथा आसपासका जनताको उत्साहजनक सहभागिताले महोत्सवलाई थप बलियो बनाउँदै लगेको छ । यस पटक अझै धेरै दर्शकको उपस्थिति रहने हामीले विश्वास गरेका छौं । महोत्सवको पनि महोत्सव भनेर पहिचान बनाएको लेखनाथ महोत्सव मार्फत लेखनाथ क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुग्नेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.