काठमाडौं । नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै विशेष ‘जीकर एक्स नाउ ओर नेभर’ अफर सार्वजनिक गरेको छ ।
लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ल्याइएको यस सीमित अवधिको अफरले नेपालकै अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयूभी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षक अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
दिगो र लक्जरी मोबिलिटीतर्फ देश अघि बढिरहेका बेला पायोनियर मोटो कर्पले यो विशेष मूल्य अफर सार्वजनिक गरेको हो । ‘नाउ ओर नेभर’ अफर अन्तर्गत प्रिमियम लक्जरी इलेक्ट्रिक एसयूभी जीकर एक्स अब नियमित मूल्य रु. ८४ लाख ९९ हजारबाट घटेर विशेष फेस्टिभ मूल्य रु. ६४ लाख ९९ हजारमा उपलब्ध हुने छ ।
जीकर एक्स भोल्भो EX30 सँग साझा गरिएको अत्याधुनिक गिली SEA2 प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन हो । गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित यस एसयूभीमा २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटर जडान गरिएको छ, जसले ३४३ न्यूटनमिटर टर्क उत्पादन गर्दछ । यो सवारी साधनले केवल ५.६ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्ने क्षमता राख्दछ ।
स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्समा मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४.६ इन्चको स्लाइड हुने केन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर समावेश गरिएको छ । १३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ सशक्त बनाएको छ ।
सुरक्षाको पक्षलाई उच्च प्राथमिकता दिइएको जीकर एक्सले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । यसमा ७ वटा एयरब्याग तथा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ, जसले यसलाई सुरक्षा दृष्टिले अग्रणी इलेक्ट्रिक एसयूभी बनाएको छ ।
नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट–आवर क्षमताको ब्याट्री दिइएको छ । यसले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा करिब ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पायोनियर मोटो कर्पका अनुसार यो सीमित अवधिको उत्सव अफर ग्राहकहरूका लागि विश्वस्तरीय इलेक्ट्रिक मोबिलिटी अत्यन्तै आकर्षक मूल्यमा अनुभव गर्ने “नाउ ओर नेभर” अवसर हो ।
पायोनियर मोटो कर्प प्रा. लि. नेपालका अग्रणी अटोमोबाइल वितरकहरूमध्ये एक हो । कम्पनीले सशक्त बिक्री तथा सेवा सञ्जालमार्फत अन्तर्राष्ट्रिय स्तरका अटोमोबाइल ब्रान्डहरू नेपाली बजारमा भित्र्याउँदै आएको छ । थप जानकारीका लागि नजिकको जीकर शोरूममा सम्पर्क गर्न वा कम्पनीको आधिकारिक वेबसाइट अवलोकन गर्न सकिनेछ ।





Comments are closed.