काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रतितोला सुन ५ हजार ५०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
यो नै हालसम्मको उच्च मूल्य हो । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
त्यस्तै, मंगलबारको बजारमा चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो । सोमबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।




Comments are closed.