lcci festival

बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिजको सञ्चालक समिति सदस्यमा दाहाल निर्वाचित

काठमाडौं । बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाबाट रामभक्त दाहाल सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनको निर्वाचनपछि नेपाल डेरी एसोसिएसनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा हस्ताक्षरित बधाई पत्रमार्फत दाहालको नेतृत्व क्षमता र कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा उनले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरिएको छ ।

पत्रमा कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण, प्रवर्द्धन, दिगो कृषि उत्पादन र नवप्रवर्तनमार्फत किसान तथा उद्यमीको जीवनस्तर उकास्न बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिजले खेलेको भूमिकालाई महत्वपूर्ण बताइएको छ । आगामी दिनमा पनि उक्त समूहले नेपाली कृषक, दुग्ध व्यवसायी तथा उद्यमशीलताको प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

नेपाल डेरी एसोसिएसनले दाहालको कार्यकाल सफल रहने अपेक्षा गर्दै कृषि, पशुपन्छी तथा दुग्ध क्षेत्रको सुदृढीकरणमा संस्थागत नेतृत्वबाट थप सकारात्मक पहल हुने विश्वास लिएको जनाएको छ ।

You might also like

Comments are closed.