lcci festival

प्रशासनले पुनः रोकिदियो नाडाको साधारणसभा

काठमाडौं । पुस ९ गते हुने भनिएको साधारणसभा नगर्न नाडालाई प्रशासनले आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) लाई आफ्नो विधान बमोजिम नियमित वार्षिक साधारण गरी नयाँ नेतृत्व चयन गर्नसमेत आदेश दिएको छ ।
नियमित साधारणसभा नबोलाई महासंघमा लैजाने प्रस्तावले साधारणसभा आह्वान गर्नु कानुन सम्मत नभएको प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
निर्वाचन कार्यतालिकासहित साधारणसभा गर्न पनि प्रशासनले नाडालाई आदेश दिएको छ ।
प्रशासनको यो हस्तक्षेपपछि नाडालाई महासंघमा लैजाने प्रक्रिया पुनः अन्योलमा परेको छ । यस अगाडि गत भदौ २४ गतेका लागि आह्वान भएको विशेष साधारणसभा पनि प्रशासनले रोकेको थियो ।

You might also like

Comments are closed.