काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पुस ९ गते शुक्रबार हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जनाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान संशोधन गर्ने उद्देश्यले आयोजित साधारणसभा रोक्न, नयाँ नेतृत्व चयनका लागि नियमित साधारणसभा गर्न निर्देशन दिएको थियो ।
नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको नाडाले विज्ञप्तिमार्फत जनाएको छ ।







Comments are closed.