lcci festival

नेपाली दालमोठ उद्योगको यात्रामा एकजुट हौं

दुर्गाराज श्रेष्ठ, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेश महासचिव, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं

नेपाल दालमोठ उत्पादक संघको २० औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु । यो साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई, नेपाली दालमोठ उद्योगलाई संस्थागत रूपमा अझ सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हो । नेपाल दालमोठ उत्पादक संघले देशभर छरिएर रहेका दालमोठ उद्योगी तथा व्यवसायीहरूलाई एउटै छातामुनि ल्याउँदै संस्थालाई अझै सशक्त र बलियो बनाउँदै लैजानेछ भन्ने अपेक्षा मैले लिएको छु ।

आजको खुला बजार अर्थतन्त्रमा गुणस्तर नै प्रतिस्पर्धाको मुख्य आधार हो । उद्योगी व्यवसायीहरूले उत्पादनको मात्रा मात्र होइन, गुणस्तरमा पनि विशेष ध्यान दिनु आवश्यक छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको दालमोठ नेपालमै उत्पादन गर्न सकियो भने नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास अझ मजबुत हुनेछ । स्वदेशी उत्पादनले बजार विस्तार गर्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउनेछ । गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार उपभोक्ताको मौलिक अधिकार हो । त्यस अधिकारको सम्मान गर्दै सुरक्षित, स्वच्छ र मापदण्डअनुसारका खाद्यान्न उत्पादन गर्नु उद्योगीको जिम्मेवारी पनि हो । नेपालमै उच्च गुणस्तरका दालमोठ उत्पादन भई देशभित्र मात्र होइन, निर्यातको सम्भावनासमेत विस्तार होस् भन्ने मेरो अपेक्षा छ ।

 

You might also like

Comments are closed.