lcci festival

सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूम भ्रमण

काठमाडौं । नेपाली अटोमोबाइल ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व ९ऋक्च्० पहल अन्तर्गत सहारा इन्टरनेशनलनेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा स्वागत गरेको छ।

यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिनेरखुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरकारूपमा यो भ्रमण सफल भएको बताइएको छ ।

भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूम सम्म ल्याएको थियो।त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो। भ्रमणअवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए।

बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो। साथै, सान्ताक्लज सँगको रमाइलो भेटले पनि उनीहरूको उत्साह र आनन्द थप बढाउन सफल भयो। सबै जनासँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यबीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भएको कम्पनीले जनाएको छ ।

समुदाय केन्द्रित गतिविधिमा निरन्तर साथ दिँदै, भविष्यमा पनि यस्ता पहलहरू जारी राख्ने र जहाँ सम्भव छ त्यहाँ मुस्कान फैलाउँदै अर्थपूर्ण परिवर्तन ल्याउने कार्यमा प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.