चितवन । चितवन अटोमोवाईल्स एशोसिएसनको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन के सी को अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य तथा नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद दुलालको प्रमुख आतिथ्यतामा गोष्ठी भएको हो । गोष्ठी २ दिनसम्म चलेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दुलालले आफ्ना व्यवसायको सुरुवाति दिन र आजको आफ्नो व्यवसाय प्राप्तिका लागि गरिएका संघर्षका कथा र अटोमोवाईल्स सम्वन्धि अनुभव व्यक्त गर्दै नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीलाई हौसला प्रदान गरेका थिए ।
स्रोत व्यक्ती निरज श्रेष्ठले संस्थाका २ वर्षे भावि कार्ययोजना तर्जुमा गोष्ठीका लागि संस्थागत, व्यवसायिक र सामुदायिक गरि ३ भागमा सदस्यलाई विभाजन गरि प्रत्येक सदस्यवाट आएका समस्यालाई पहिचान गरि सो को समाधानका विषयमा योजना वनाउनु सहजिकरण गरेका थिए ।
संगितमय साझ सहित कार्य समिति सदस्य विकास तिमिल्सिनाले कार्यक्रम संयोजन गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन संस्थाका प्रथम उपाध्यक्ष विवश पियाले गरेका थिए । स्वागत मन्तव्य सहित कार्यक्रमको जानकारी संस्थाका अध्यक्ष मोहन के सी राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव पुर्णभद्र सापकोटाले गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक पुष्पलाल श्रेष्ठ, पुर्व अध्यक्ष तथा सल्लाहकार भिमलाल न्युरे, पूर्व अध्यक्ष महसुर पिया, पूर्व अध्यक्ष तथा सल्लाहकार वालकृष्ण कंडे , पूर्व अध्यक्ष तथा सल्लाहकार अमृत जोशी, सल्लाहकारद्वय भिम प्रसाद सुवेदी, मदन प्रधान, विजन दुवाडी ,संस्थाका पदाधिकारी तथा सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्य लगायत उपस्थित थिए ।





Comments are closed.