पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि शेषराज भट्टराईले उत्कृष्ट गतिविधिका कारण इक्यान कास्की उत्कृष्ट शाखा बन्न सफल भएको बताए । सदस्य संस्थाहरुको हकहित सँगै सामाजिक उत्तरादायित्वका काममा पनि कास्की शाखा सक्रिय रहेको उनले बताए ।
कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यु), भुवन क्षेत्री, गीता सिवाकोटी, महासचिव दीपकराज भुषाल लगायतले बोलेका थिए ।
संघका अध्यक्ष ओमप्रकाश गैरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, पदाधिकारी तथा साधारण सदस्य, अन्य शाखाका अध्यक्ष लगायतको उपस्थिति थियो ।
सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन साधारण सभाले अुनमोदन गरेको छ साथै विविध विषयमा छलफल भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए ।





Comments are closed.