lcci festival

नेपाल दालमोठ उत्पादक संघको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल दालमोठ उत्पादक संघको २०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठले साना तथा मझौला उद्योगहरुले देशको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।

संघका अध्यक्ष हेमकान्त पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल वितरक संघका अध्यक्ष प्रेम हरि मैनाली, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना, नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत शिव भण्डारी, पेनाहक टेक्नोलोजिका सन्चालक कमल पाठक, स्मार्ट टेक एग्रो एण्ड वायो इनर्जीका सन्चालक सुरेश पाण्डे लगायतले बोलेका थिए ।

साथै कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायण कार्की, पूर्व अध्यक्षहरू जगदीश प्रजापति, संजीव मधिकर्मी र अच्युत आचार्य, संघका उपाध्यक्ष विष्णु रिजाल, सचिव भुवन श्रेष्ठ, कोषाध्यक्ष हरि प्रसाद दुलाल तथा सदस्यहरू रोशन पाण्डे, सुनील केसी र सरोज घिमिरे लगायत सहभागी थिए ।

त्यसैगरी जिल्ला संयोजकहरू अन्तर्गत धादिङबाट युवराज अर्याल, काठमाडौंबाट युवन तिमिल्सिना, भक्तपुरबाट सूर्य सुवेदी, ललितपुरबाट धन बहादुर चौधरी तथा काभ्रेपलाञ्चोकबाट राजेन्द्र कुमार तिमिल्सिनाको उपस्थिति रहेको थियो । सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै दालमोठ उद्योगको वर्तमान अवस्था, कच्चा पदार्थको उपलब्धता, गुणस्तर मापदण्ड, बजार विस्तार तथा सरकारी नीतिगत सहजीकरणका विषयमा छलफल गरिएको थियो ।

वक्ताहरूले दालमोठ उद्योगलाई साना तथा घरेलु उद्योगबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने सशक्त उद्योगका रूपमा विकास गर्न राज्यको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा सहभागी सम्पूर्ण संघका सदस्यहरू तथा उद्योगी साथीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संघले उद्योग प्रवद्र्धन र उपभोक्ता हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

You might also like

Comments are closed.