lcci festival

सुनको मुल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन घटेको छ । आईतबारको बजारमा ऐतिहासिक उचाईमा कारोबार भएको सुन, यस दिन प्रतितोला ६०० रुपैयाँले घटेको छ। आजचाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्यले भने आज तोलामा ६० रुपैयाँ बढेर हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

You might also like

Comments are closed.