पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको अनुपम संगमका रूपमा परिचित शहर हो । हिमाल, ताल, पहाड र जैविक विविधताले भरिपूर्ण यो शहर केवल प्राकृतिक सौन्दर्यका साथै यहाँ आयोजना हुने विविध महोत्सव र सांस्कृतिक गतिविधिले पोखराको पहिचानलाई थप बलियो बनाएका छन् । यिनै महोत्सवहरूमध्ये पोखरा सडक महोत्सवले आफ्नो छुट्टै गरिमा, महत्व र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ । “सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं” भन्ने मौलिक नाराका साथ आयोजना हुँदै आएको पोखरा सडक महोत्सव स्थानीय संस्कृति, परम्परा र मौलिकताको प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम बनेको छ ।
पोखरा सडक महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय किसान, उद्यमी र साना व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरेर महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसले रोजगारी सिर्जना गर्नुका साथै पर्यटनसँग जोडिएका व्यवसायलाई पनि थप सक्रिय बनाएको देखिन्छ । महोत्सवले पोखरालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गरेको छ । पोखरा सडक महोत्सवमा देखिएको सकारात्मक छापका कारण आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता हरेक वर्ष उत्साहजनक रूपमा बढ्दै गएको छ ।
पर्यटकीय राजधानी पोखरामा पोखरा महानगरपालिकाले घोषणा गरेको “पोखरा भ्रमण वर्ष” सफल बनाउन पनि पोखरा सडक महोत्सवको विशेष भूमिका रहेको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने महोत्सवले पोखरामा पर्यटकको आवागमन बढाउनुका साथै पर्यटन वर्षका लक्ष्य पूरा गर्न सहयोग गरेको छ । यसले पोखरालाई उत्सवको शहरका रूपमा चिनाउँदै, दिगो पर्यटन र समावेशी आर्थिक विकासतर्फ महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।




Comments are closed.