इक्यान अध्यक्षमा भुसालको उम्मेदवारी : लामो अनुभवबाट निखारिएको नेतृत्व

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा दीपकराज भुसालले उम्मेदवारी सार्वजनिक गरेका छन् । इक्यानको २०औँ वार्षिक साधारण सभा यही पुस २८ गते काठमाडौंमा हुँदैछ । उक्त साधारणसभाले इक्यानमा नयाँ कार्यसमिति चयन हुनेछ ।

बिगत १५ वर्षदेखि इक्यानमा निरन्तर क्रियाशील रहेकाले आफू अध्यक्षको लागि योग्य उम्मेदवार रहेको पुसालले बताएका छन् । इक्यानको महासचिवमा दोस्रो कार्यकाल काम गरिरहेका भुसाल वि.सं. २०६६ सालमा क्यानको साधारण सदस्यता प्राप्त गरेका थिए ।

भुसालको इक्यान यात्रा वि.सं. २०६८ मा ‘एक्स्ट्रा डिपार्टमेन्ट’को सदस्यबाट सुरु भएको थियो । २०७२ सालमा प्रकाश पाण्डे अध्यक्ष रहँदा उनी पहिलो पटक कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उक्त समयमा उनले एक्स्ट्रा डिपार्टमेन्टको प्रमुखको जिम्मेवारी सम्हाल्दै गोकर्ण फरेस्ट रिसोर्टमा ऐतिहासिक वनभोज र कर्पोरेट फुतसल जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका थिए ।

२०७५ सालमा प्रथम सचिवमा निर्वाचित भएपछि भुसालले ‘फेयर कमिटी’को संयोजक बने । उनकै संयोजनमा भृकुटीमण्डपमा आयोजित मेगा फेयरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अस्ट्रेलियन राजदूतको उपस्थिति थियो । उक्त मेलाबाट इक्यानले करिब ३८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको भुसाल सम्झन्छन् ।

२०७६ पुस २७ मा सर्वसम्मत महासचिव चयन भएका भुसालले कोभिड–१९ को कठिन समयमा संस्थाको प्रवक्ता भएर काम गरेका छन् । २०८० असार ३० मा भुसाल दोस्रो पटक महासचिवमा निर्वाचित भए । अब उनी अध्यक्षको उम्मेदवार बन्दैछन् ।

You might also like

Comments are closed.