इक्यान महासचिवमा भवनाथको उम्मेदवारी : व्यावसायिक सुरक्षा मुख्य एजेन्डा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को महासचिवमा भवनाथ हुमागाईंले उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका हुमागाईंले संस्थाको सुदृढीकरण र सदस्यहरूको व्यावसायिक सुरक्षालाई मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

इक्यानको बर्तमान कार्यसमितिमा प्रथम सचिवसँगै संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजक रहेर काम गरिरहेका छन् । उनले यस अगाडि कार्यसमिति सदस्यसहित इक्यानमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै हुमागाईंले इक्यानलाई रणनीतिक सोच र निर्णायक नेतृत्वको आवश्यकता रहेको बताएका छन् । नयाँ र स्थापित दुवै व्यवसायीका लागि सुरक्षित वातावरण बनाउने, राज्यले परामर्श क्षेत्रलाई नियमनकारी मात्र नभई नलेज पार्टनरको रूपमा हेर्ने वातावरण बनाउने, ७०० भन्दा बढी सदस्यहरू र विभिन्न जिल्ला शाखाहरूबीच एकीकृत कार्यप्रणाली र प्रभावकारी संवाद स्थापित गर्ने, ‘मल्टी-डेस्टिनेसन’ शैक्षिक परामर्श र विद्यार्थीको वैदेशिक गमनलाई रणनीतिक रूपमा व्यवस्थित गर्ने, संस्थालाई आर्थिक रूपमा सबल, उत्तरदायी र सदस्य-मैत्री बनाउने लगायत प्रतिबद्धता उनले जनाएका छन् ।

‘महासचिवको भूमिका केवल औपचारिक पद मात्र होइन, यो सदस्यहरूको सुरक्षा र संस्थाको गरिमा जोगाउने प्रत्यक्ष जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका साथ म यो चुनावी मैदानमा होमिएको छु ।’

इक्यान लगायत अन्य संघसंस्था तथा व्यावसायिक क्षेत्रबाट आर्जन गरेको ज्ञान, सिप र क्षमतालाई इक्यानको महासचिव बनेर संस्थालाई सबल र सशक्त बनाउन भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.