काठमाडौं । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्य डा. कृष्णचन्द्र देवकोटा विश्वका उत्कृष्ट ३ प्रतिशत पहिरो वैज्ञानिक (ल्यान्डस्लाइड साइन्टिस्ट) को सूचीमा पर्न सफल भएका छन् ।
अमेरिकास्थित (स्कलर जिपिएस) ले सन् २०२५ का लागि सार्वजनिक गरेको वरीयतामा उनी उत्कृष्ट स्थानमा परेका हुन् । देवकोटाले त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेर भूगर्भ र विपद्का क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् ।
स्कलर जिपिएसको तथ्यांकअनुसार पहिरो विधामा विश्वभरका ३३ हजार १ सय ८० वैज्ञानिकको सूची तयार पारिएको थियो । जसमा देवकोटा ९ सय ७६ औं स्थानमा पर्न सफल भएका छन् । यो समग्र सूचीको शीर्ष २.९४ प्रतिशत हो ।
प्रतिवेदनअनुसार देवकोटाको अनुसन्धानको प्रभाव शीर्ष १.५९ प्रतिशत र उत्पादकत्व शीर्ष ३.८२ प्रतिशतभित्र रहेको छ । समग्रमा सबै विधा जोड्दा उनी विश्वका शीर्ष ७.८४ प्रतिशत वैज्ञानिकभित्र परेका छन् ।
हाल गण्डकी प्रदेशको नीति तथा योजना आयोगको नेतृत्व गरिरहेका उनले आफ्नो वैज्ञानिक ज्ञानलाई नीति निर्माणमा प्रयोग गर्ने बताए ।




Comments are closed.