इक्यानको उपाध्यक्षमा रत्न बहादुर भट्टराई नै किन ?

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रत्न बहादुर भट्टराईले आफ्ना केही प्रतिबद्धना सार्वजनिक गर्दै मतदानका लागि अपिल गरेका छन् । इक्यानको सचिवमा रहँदा एनओसी अनलाइन र व्यावसायिक तालिममा पु¥याएको योगदानलाई स्मरण गर्दै उनले उपाध्यक्ष भएर अझै प्रतिबद्ध भइ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

इक्यानको वर्तमान कार्यसमितिका सचिव एवं आन्तरिक मामिला विभाग संयोजक रत्न बहादुर भट्टराई लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् । संस्थागत सुधार र व्यवसायीको हितलाई उनले मुख्य एजेण्डा बनाएका छन् ।

भट्टराईले आफ्नो कार्यकालमा विद्यार्थीहरूको सबैभन्दा ठूलो सरोकारको विषय रहेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लाई अनलाइन बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए । ‘विद्यार्थी र व्यवसायी साथीहरूले एनओसीका लागि भोग्नुपर्ने प्रशासनिक झन्झट अन्त्य गर्न सम्बन्धित निकायसँगको निरन्तर समन्वयमा हामीले सफलता पाएका हौँ,’ भट्टराईले भने ।

TITI द्वारा सञ्चालित ‘एजुकेसनल काउन्सिलर ट्रेनिङ’ को स्थापना कालदेखि नै प्रशिक्षकको रूपमा उनी काम गर्दै आएका छन् । यस क्षेत्रका परामर्शदाताहरूको दक्षता वृद्धिका लागि उक्त तालिमको पाठ्यक्रम निर्माणमा समेत उको योगदान छ ।

नेपाल चिकित्सा शिक्षा आयोग लगायतका सरकारी निकायहरूसँग शैक्षिक परामर्श क्षेत्रका समस्या समाधानका लागि उनले प्रभावकारी समन्वय गर्दै आएका छन् । व्यवसायीहरूका हकहित रक्षा गर्न र सरकारसँगको सम्बन्धलाई थप सुमधुर बनाउन आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।

इकानको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढिरहेका बेला अनुभवी र नतिजामुखी काम गरेका कारण व्यवसायीहरूले समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताएँका छन् ।

‘म विश्वास गर्छु कि साँचो नेतृत्व, इमान्दारी, उत्तरदायित्व र नैतिक आचरणमा आधारित हुन्छ । सबैका लागि समान रूपमा सेवा गर्ने पारदर्शी निर्णय प्रक्रिया र व्यावसायिक शासनप्रति मेरो पूर्ण प्रतिबद्धता छ,’ उनले भनेका छन्, ‘सही व्यक्ति, सही समय र सही स्थान भन्ने सिद्धान्तलाई आत्मसात गर्दै, म योग्यतामा आधारित नेतृत्व र जिम्मेवार कार्यप्रणालीलाई प्रोत्साहन गर्दछु ।’

के छ उनको भिजन ?

संस्थागत सुशासन, नैतिक नेतृत्व र सदस्यहरूको व्यावसायिक सशक्तीकरणमार्फत दीर्घकालीन विश्वास र उत्कृष्टताको केन्द्र बनाउनु साथै नैतिक चेतना, संस्थागत उत्तरदायित्व र सामूहिक विश्वासमा आधारित परामर्श संस्कृतिको निर्माण गर्नु नै आफ्नो दृष्टि (भिजन) रहेको उनले बताए ।

यस्तो छ मिसन ?

इमानदार, पारदर्शी र सक्षम नेतृत्वमार्फत संस्थाको प्रत्येक तहमा व्यावसायिक अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नु साथै नैतिक नेतृत्व सुनिश्चित गर्नु आफ्नो मिसन (लक्ष्य) रहेको उनले बताए ।

उम्मेदवारीका प्रमुख उद्देश्यहरूः

इक्यान संस्थागत सुशासन र पारदर्शिता सुदृढ गर्ने ।

नैतिक, जिम्मेवार र अनुशासित परामर्श प्रणाली प्रवद्र्धन गर्ने ।

सदस्यहरूको अधिकार र हितको संरक्षण तथा वकालत गर्ने ।

विद्यार्थी र अभिभावकबीच नेपाल शैक्षिक परामर्श संघ (इक्यान) प्रति विश्वास अभिवृद्धि गर्ने ।

सदस्यहरूको क्षमता विकास र व्यावसायिक उन्नयनमा सहयोग गर्ने ।

You might also like

Comments are closed.