पोखरा । पोखरा स्थित वन विज्ञान अध्ययन संस्था (IOF) मा Hult Prize अनक्याम्पस २०२६ को तयारी भईरहेको छ । विद्यार्थीहरूको उद्यमशीलता, नवप्रवर्तन तथा सामाजिक उद्यम प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमअन्तर्गत विभिन्न प्रभावशाली सिकाइ तथा क्षमता विकास सत्रहरू सञ्चालन भइरहेका छन् ।
IOF मा Hult Prize ले आफ्ना निरन्तर पहलमार्फत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, रणनीतिक सोच र वास्तविक उद्यमशील अनुभव प्रदान गर्दै आएको छ। यसै क्रममा हालै टीम अस्वत थामा लाई औपचारिक रूपमा परिचय गराइएको छ । रणनीतिक सोच र पिचिङमा उत्कृष्ट मानिने यस टोलीमा Hult Prize (PoU), ग्लोबल दुबई सम्मेलन, आइडिया स्टुडियो (CIH), आइडियाथन (ICP) तथा UGC Seed Investment जस्ता प्लेटफर्ममा उपलब्धि हासिल गरेका नवप्रवर्तनकारी तथा परिवर्तनकर्मी युवा समावेश छन् ।
आगामी कार्यक्रमहरूको प्रमुख आकर्षणका रूपमा बिजनेस मोडल क्यानभास तथा लीन क्यानभास मोडल सम्बन्धी सत्र आयोजना गरिने भएको छ, जसको नेतृत्व रोहित दाहाल ले गर्नेछन् । उनी AEMS Academy का संस्थापक तथा Hult Prize पोखरा विश्वविद्यालय २०२१ का अनक्याम्पस विजेता हुन् ।
यसअघि IOF मा Hult Prize ले आइडिया सृजना तथा नवप्रवर्तन सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सो अवसरमा Piuro Drinking Water का संस्थापक तथा Gyan Food and Beverage Pvt. Ltd. का प्रबन्धक अशोक खड्का ले आफ्नो उद्यमशील अनुभव सहभागीहरूसँग साझा गरेका थिए ।
त्यसैगरी अनुभव साझेदारी सत्रमा VayuDristi की सह–संस्थापक तथा Hult Prize नेपाल २०२५ की राष्ट्रिय विजेता श्रीषा पाण्डे ले आफ्नो प्रेरणादायी यात्रा प्रस्तुत गरेकी थिइन् । उनले नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा आयोजित Hult Prize Global Accelerator २०२५ मा सहभागिता जनाउँदै प्राप्त अनुभव तथा वैश्विक उद्यमशीलता र प्रभावमुखी नेतृत्वसम्बन्धी महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।
विद्यार्थीहरूलाई थप प्रेरित गर्ने उद्देश्यले टीम अस्वत थामा का सौगात आचार्य र सचिन घिमिरे ले प्रत्यक्ष सत्रमार्फत नवप्रवर्तन, उपलब्धि र युवा नेतृत्वसँग सम्बन्धित वास्तविक अनुभव साझा गरे । साथै स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै आमा को औषधि ब्रान्डसँग प्रतिस्पर्धा गरेकी Hult Prize नेपाल २०२५ की राष्ट्रिय Wildcard सहभागी तथा On-Campus Runner-Up प्राप्ति लम्साल (टीम PraYuJa) र Hult Prize at IOF २०२५/२६ की On-Campus Winner स्नेहा उप्रेती (टीम Apex Titans) ले अन्तरक्रियात्मक छलफल सत्र सञ्चालन गरे । सत्रमा उनीहरूले आफ्नो यात्रा, प्रतिस्पर्धाको अनुभव तथा राष्ट्रिय स्तरको सहभागिताबाट सिकेका मुख्य पाठहरू सहभागीहरूसँग साझा गरे ।
राष्ट्रिय विजेतादेखि अन्तर्राष्ट्रिय मान्यतासम्मका यी गतिविधिहरूले IOF मा युवा परिवर्तनकर्मीहरूका लागि सशक्त र प्रेरणादायी वातावरण निर्माण गर्ने प्रतिबद्धता झल्काउँछन् । विभिन्न व्यवसायिक तथा सञ्चार माध्यमहरूको सहयोग र प्राविधिक समर्थनसहित Hult Prize अनक्याम्पस २०२६/२७ at IOF सफलतापूर्वक अगाडि बढिरहेको र विद्यार्थीहरू उत्साहका साथ प्रतिस्पर्धा गर्न तथा समाजमा सार्थक प्रभाव सिर्जना गर्न तयार रहेको क्याम्पस निर्देशक आशिष पोख्रेल ले जानकारी दिएका छन् ।




Comments are closed.