काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूलाई लक्षित गरी पर्साको वीरगञ्जमा एकदिने वित्तीय तथा डिजिटल साक्षरता तथा ईसेवा मार्फत ईएमआई भुक्तानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रूपमा ईएमआई भुक्तानी गर्न प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएको छ । साथै, समयमै ईएमआई भुक्तानी गर्ने बानी विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासन सुदृढ बनाउने विषयमा पनि विशेष जोड दिइएको थियो ।
कार्यक्रममा सहभागी सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन् । यसले आफ्नो वित्तीय व्यवस्थापनमा सकारात्मक सोच विकास भएको र आगामी दिनमा डिजिटल वित्तीय सेवाको प्रयोग बढाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।



Comments are closed.