काठमाडौैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् चीन र ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा नेपाली समुदायलाई ज्ञान र कानूनी सचेतनाद्वारा सशक्त बनाउने उद्देश्यले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ।
यो कार्यक्रम यस किसिमको पहिलो पहल भएको आयोजकले जनाएका छन् । कार्यक्रममा चीनमा बसोबास तथा व्यवसाय गर्दै आएका नेपालीहरूले भोग्दै आएका अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता र व्यवहारिक चुनौतीबारे सम्बन्धित निकायका प्रतिनिधि, कानुन व्यवसायी तथा अनुभवी व्यवसायीहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर रहनेछ ।
कार्यक्रम दिउँसो ग्वान्जाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा भएको थियो । आयोजकले चीनमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई लाभ लिए ।



Comments are closed.