सरकारलाई कांग्रेसको प्रश्नः अतिक्रमित भूमिसहितको नक्सा बनाउन केले रोक्यो ?

पोखरा । नेपाली कांग्रेसले सरकारलाई ३ दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले कालापानी, लिम्पीयाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले नेपालको भूमि राखेर नक्सा छापेको अवस्थामा नेपाल सरकार चुप लागेर बस्न नहुने बताए । सरकार किन चुप लागेर बसेको छ ? उनले भने,‘यस्तो अवस्थामा सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेकसहितको नक्सा बनाएर सार्वजनिक गर्नुपर्छ ।’

सरकारले नक्सा सार्वजनिक गर्न सक्दैन भने त्यो जिम्मा कांग्रेसलाई दिन उनले सरकारलाई चुनौति दिए । सरकारले सक्दैन भने हामी नक्सा बनाउन तयार छौं,‘उनले भने,‘तर कुनै व्यक्तिले भनेर हुँदै, सरकारले हामीले सकेनौं, कांग्रेसले गर्दिनुप¥यो भनेर भन्नुपर्छ, सरकारले नै त्यसो भन्यो भने हामी २४ घण्टामै नक्सा बनाउँछौं ।’ उनले नक्सा छपाईमा समस्या के छ भनेर सरकारसँग प्रश्नसमेत गरे ।

jutta mela

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने सभापति शेरबहादुर देउवाको भनाई कांग्रेसको ठहर नभई आशंका मात्रै भएको बताए । देउवाले बोलेको पार्टीको ठहर होइन,‘देउवाको बचाउ गर्दै उनले भने,‘स्वयम् देउवाकोपनि ठहर होइन, यो केवल आशंका मात्रै हो ।’ यस विषयमा अरु अल्झिनु पर्दैन,‘उनले भने,‘हाम्रो पार्टीको आधिकारिक धारणा यहि हो ।’

सरकारले भारतबिरुद्ध प्रतिवाद नगरेकाले यस्तो आशंका उब्जिएको उनको भनाई थियो । उनले नेकपाका नेताहरुलाई ओलीकै सहमतिमा भारतले नक्सा बनाएको भन्ने अभिव्यक्तिलाई लिएर देउवालाई जवाफ फर्काउनु भन्दा आफ्ना प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानीलगायतका नेपाली भूमि किन भारतको नक्सामा राखेको भनेर जवाफ माग्न सुझाव दिए ।

प्रधानमन्त्रीले बोलाएको सीमा सम्बन्धी सर्बदलीय बैठकमा प्रतिपक्षीसहित सबैले एकमुख भएर उच्चस्तरीय छलफल गर्न ऐतिहासिक सहमति दिएपनि सरकारले त्यसको मर्म अनुसार छिमेकीसँग कुरा राख्न नसकेको टिप्पणी गरे । हामीबीच फरक बिचार र दृष्टिकोण भएपनि सीमा सम्बन्धमा ऐतिहासिक सहमति जुटेको थियो,‘सोहि ऐतिहासिक सहमतिको जगमा उभिएर सरकारले भारतसँग कुरा राख्ने अपेक्षा थियो, तर २ हप्ता बित्दापनि सोंचे अनुसार कुरा नराखेपछि सरकारप्रति आशंका उब्जिएको हो ।’ शेरबहादुर देउवाले भारतीय राजदूतलाई फोन गरेर सोधे,‘उनले भने,‘तर प्रधानमन्त्रीले त्यतिपनि सोध्ने आँट गर्नु भएन, समस्या समाधानको सार्थक पहल नगरेकैले आशंकायुक्त भाषामा सभापतिले अभिव्यक्ति दिनुभएको हो ।’

प्रवक्ता शर्माले सीमा सम्बन्धी समस्या वार्ता र सम्बादबाटै समाधान खोज्नुपर्ने बताए । सीमा सम्बन्धी समस्याको समाधान आवेग गुमाएर होइन,‘उनले भने‘कुटनीतिक र उच्चस्तरीय पहल गरेर खोजिनुपर्छ ।’ उनले अहिले नेपाली सेनाले हेलिकोप्टरबाट कालापानीमा उत्रिन चाहेपनि सरकार भने मौन बसेको टिप्प्णी गरे । कालापानीमा सेना उतारेर युद्ध गर्नुपर्छ भन्ने कांग्रेसले चाहेको हो ? भन्ने प्रश्नमा उनले भने,‘होइन, कांग्रेस युद्धको पक्षमा छैन, तर सेनामा सीमा रक्षा गर्ने त्यो हुटहुटी भएकाले त्यसको सम्मान स्वरुप सरकारले कुटनीतिक र राजनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ ।’

प्रवक्ता शर्माले एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने कास्की क्षेत्र नम्बर २ कांग्रेसले २४ सय मतले जित्ने दाबी गरे । कांग्रेसले २१ महिनामा खेलेको जिम्मेवार प्रतिपक्षको भूमिका, कम्युनिष्ट सरकार देख्ने सपना पूरा भएको २ वर्षमा दुई तिहाईको सरकारले गरेका काम, आदर्श र निष्ठाको राजनीति गर्ने खेमराज पौडेलजस्ता उम्मेद्वार भएका कारणले कांग्रेसको जित सुनिश्चित रहेको उनको भनाई थियो ।

प्रवक्ता शर्माले हत्या, हिंसा अन्त्य गर्न सरकार असफल भएको दाबी गरे । निर्मला पन्तदेखि देशभरी भएका अन्य हत्या, हिंसा नरोकिएकाले यस विषयमा सरकार असफल भएको उनको भनाई थियो ।

You might also like

Comments are closed.