पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको साधारण सभा सोमबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले प्रवीण कँडेलको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
एसोसिएनको प्रदेश समितिको निबर्तमान अध्यक्षमा शिवहरि आचार्य, उपाध्यक्षमा शान्ति कुमारी सिग्देल, सचिवमा निर्मल भण्डारी, कोषाध्यक्षमा शन्तोष बजगाईं चयन भएका छन् । सदस्यमा आनन्द बजगाईं चयन भएका छन् । कार्यसमितिका बाँकी दुई सदस्यहरू पछि मनोनीत गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै एसोसिएसनका केन्द्रीय सल्लाहकार सुरेश बहादुर श्रेष्ठले गण्डकी प्रदेशमा दुग्ध उद्योगको प्रवद्र्धन र किसान तथा उद्योगीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने बताए । अर्का सल्लाहकार ज्ञानेन्द्र बजगाईले नवनिर्वाचित टोलीलाई शुभकामना दिँदै एसोसिएसनको विकासमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष शिवहरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य राम बराल लगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रमको समापन गर्दै आचार्यले आगामी माघ ६ र ७ गते हुने एसोसिएसनको केन्द्रीय महाधिवेशनमा सहभागी हुन सबै सदस्यहरूलाई आह्वान गरे । साधारण सभाले प्रदेशस्तरमा दुग्ध क्षेत्रका साझा समस्याहरू समाधान गर्न र एसोसिएसनलाई आगामी दिनमा थप सशक्त बनाउँदै लैजाने संकल्प समेत गरेको उनले जानकारी दिए ।




Comments are closed.