ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको प्रधान कार्यालय, पुल्चोकस्थित गुहेश्वरी भवनमा आयोजित सभामा शेयरधनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू प्रस्तुत गरेका थिए ।
संस्थाले आफ्ना ग्राहकहरूलाई समयानुकूल आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ। हाल यस फाइनान्सलेChip Based Debit Card, SMS Alert, E-Banking, Mobile Banking, Nepal Pay QR, E-Sewa, Fonepay, Khalti, Corporate Pay, ECC, RTGS, NCHL IPS, Connect IPS र Safe Deposit Locker जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
यसका साथै National Payment Switch (NPS), रेमिट्यान्स सेवा, म्ए, DP, C-ASBA र QR Teller जस्ता डिजिटल सेवाहरू समेत सञ्चालनमा रहेका छन् । संस्थाले व्यक्तिगत निक्षेपकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै ५ लाख रुपैयाँसम्मको निक्षेप बीमाको समेत व्यवस्था गरेको जानकारी दिएको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाको वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पारे । उनका अनुसार राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको छ । अधिकारीले आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।




Comments are closed.