टिभीएस अपाचे रेसिङ पहिलो पटक नेपालमा, विश्वस्तरीय रेसिङको अनुभव

 काठमाडौं ।  विश्वव्यापी रूपमा दुई र तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा अग्रणी TVS Motor Company ले नेपालमा पहिलो पटक TVS Apache Racing Experience (ARE GP) को शुभारम्भ गरेको छ । TVS Apache सिरिजको २० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको यो कार्यक्रम नेपाली मोटरस्पोर्ट्स क्षेत्रका लागि ऐतिहासिक उपलब्धि मानिएको छ ।

कार्यक्रमको पहिलो छनोट चरण काठमाडौँको साटुंगलस्थित Vehicle Academy and Research Center मा सम्पन्न भयो, जहाँ ६० जना राइडर र करिब २०० दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । TVS ARE GP ले सुरक्षित र रोमाञ्चक वातावरणमा पेशागत रेसिङको अनुभव, प्रशिक्षण र प्रतिस्पर्धाको अद्वितीय अवसर प्रदान गर्दछ। सहभागीहरूलाई TVS Racing का अनुभवी च्याम्पियनहरूले प्रत्यक्ष मार्गदर्शन तथा प्रशिक्षण दिएका थिए ।

नेपालमा पेशागत रूपमा डिजाइन गरिएको १० वटा चुनौतीपूर्ण मोड भएको ट्र्याकमा ६० भन्दा बढी राइडरहरूले प्रतिस्पर्धा गरे । उनीहरूको मूल्यांकन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा गरिएको थियो। च्याम्पियनसिपमा १६०cc र २००cc गरी दुई वर्ग समावेश थिए। प्रत्येक वर्गका शीर्ष तीन विजेताहरूलाई NPR २५,००० नगद पुरस्कार तथा विशेष TVS Motor राइडिङ गियर प्रदान गरियो। साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित प्रतिष्ठित Madras International Circuit (MIC) मा हुने ARE GP फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पनि प्राप्त गर्नेछन् । छनोट चरणका विजेताहरू अप्रिल २०२६ मा हुने ग्रान्ड फिनालेमा सहभागी हुनेछन् ।

२००७ मा सुरु गरिएको TVS Racing ARE GP च्याम्पियनसिप TVS Apache राइडरहरूका लागि सिकाइ, मनोरञ्जन र प्रतिस्पर्धालाई एकै स्थानमा ल्याउने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ। सन् २०२५ मा यो च्याम्पियनसिप अन्तर्राष्ट्रिय रूपमा विस्तार हुँदै नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरमा आयोजना गरियो, जसले विश्वभर १,००० भन्दा बढी Apache राइडरहरूलाई समेटेको छ।

कार्यक्रमका अवसरमा TVS Motor Company का Head – Premium Business, विमल सुम्ब्लीले TVS Apache को २० वर्षे यात्रासँगै ARE GP को अन्तर्राष्ट्रिय विस्तार स्वाभाविक कदम भएको उल्लेख गरे। उनले नेपालको बढ्दो प्रदर्शनप्रेमी समुदायले यसलाई मोटरस्पोर्ट्सका लागि उपयुक्त गन्तव्य बनाएको बताए। त्यस्तै, Senior Vice President, R&D, आर. बाबु ले TVS Racing मार्फत राइडरहरूलाई पेशागत स्तरको अनुभव प्रदान गर्ने लक्ष्य रहेको र नेपालको दुई-पाङ्ग्रे उद्योग तीव्र गतिमा अघि बढिरहेको बताए ।

कार्यक्रममा Jagdamba Motors का Managing Director शाहिल अग्रवालले मोटरस्पोर्ट्सले युवा पुस्तालाई प्रेरित गर्ने र नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले TVS Motor Company सँगको साझेदारीले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र मोटरसाइकलिङ संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

दिनभर चलेको कार्यक्रम व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना सेसनलगायत गतिविधिहरूले भरिएको थियो। साथै DJ Sujan, DJ Kiran र DJ Sabin को मनोरञ्जनात्मक प्रस्तुतीले सहभागी र दर्शकलाई पूर्ण मोटरस्पोर्ट्स महोत्सवको अनुभव दिलाएको थियो ।

चार दशकभन्दा बढीको रेसिङ विरासत बोकेको TVS Racing ले हालसम्म विभिन्न वर्गमा ३,००० भन्दा बढी राइडरहरूलाई प्रशिक्षण दिइसकेको छ। “Track to Road” रणनीतिमार्फत विकसित TVS Apache सिरिजले हाल विश्वभर ६.५ मिलियनभन्दा बढी सन्तुष्ट ग्राहकहरूको विश्वास जितिसकेको छ । प्रदर्शन, प्रविधि र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गर्दै आएको TVS Apache आज विश्वकै अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्डमध्ये एक बनेको छ ।

You might also like

Comments are closed.