काभ्रे । देशभरका डेरी उद्योगीहरुको छाता संगठन नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौं राष्ट्रिय महाधिवेशन काभ्रेमा सुरु भएको छ ।
काभ्रेको पनौतीस्थित रैथाने भिलेज रिसोर्टमा माघ ६ र ७ गते दुई दिनसम्म चल्ने कार्यक्रममा सहभागी हुन सातै प्रदेशका प्रतिनिधि तथा डेरी उद्योगीहरु काभ्रे आइपुगेका छन् ।
नेपालमै पहिलो पटक डेरी उद्योग स्थापना भएको ऐतिहासिक जिल्ला र दूध उत्पादनमा अग्रणी स्थानमा रहेको काभ्रेमा यसपटकको महाधिवेशन हुनुलाई उद्योगीहरुले महत्वका साथ हेरेका छन् । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार कार्यक्रमले देशभरका डेरी व्यवसायीका समस्या र आगामी कार्यदिशाबारे वृहत् छलफल गर्नेछ ।

साधारणसभासँगै हुने नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । कार्यक्रममा देशभरबाट आएका करिब २ सय जना उद्योगीहरुको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी दिए ।




Comments are closed.