एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा विस्तार

काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अष्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभियान चलाईरहेको डिजी स्कूलले अन्तराष्ट्रिय विस्तार अन्तर्गत अष्टे«लियामा आफ्नो उपस्थिती जनाएको हो ।

डिजीस्कूूलका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी स्कूूललाई नेपालबाट अष्ट्रेलियापछि अमेरिका लगायतका अन्य देशहरुमा समेत विस्तार गर्ने तयारी भईरहेको जानकारी दिए । विद्यार्थीहरुलाई विद्यालय तह देखि नै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साईबर सुुरक्षा र डेटा साईन्स जस्ता विषयहरुमा दक्ष बनाउने डिजी स्कूूलको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

डिजी स्कूूल अष्टे«लिया मार्फत विद्यालयतहका विद्यार्थीहरुलाई भर्जुअल माध्यामबाट आईटी तथा कोडिङ शिक्षा उपलव्ध गराईने अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनहरुमा ग्लोबल आईटी सर्टिफिकेशन कार्यक्रमहरु शुरु गरिनेछ, जसले अष्ट्रेलियाका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सहयोग पुु¥याउनेछ, ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युुगमा आईटी शिक्षा महत्वपूूर्ण रहेको बताए । आईटी शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत देशको अर्थतन्त्रमा महत्वपुुर्ण योगदान पुु¥याउन सकिने मल्लको भनाई छ । अष्ट्रेलियामा आयोजित डिजी स्कूल सुुभारम्भ कार्यक्रममा प्रमुुख कार्यकारी अधिकृत राजु बानियाले आईटी शिक्षा र सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

अष्ट्रेलियामा आयोजित शुुभारम्भ कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयहरुका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरुको सहभागिता रहेको थियो । जसले डिजी स्कूूलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ । अन्तराष्ट्रिय विस्तारसंगै डिजी स्कूूलले विश्वभरका बालबालिकालाई भविश्य उन्मुुख प्रविधिलाई शिक्षामार्फत सशक्त बनाउने आफ्नो अभियान रहेको बताएको छ ।

 

 

You might also like

Comments are closed.