काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ५० रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



Comments are closed.