सुनसरी । पशु सेवा तालिम केन्द्र, दुहवी सुनसरीको आयोजनामा तथा ८ प्रोएक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा व्यवसायिक गाई तथा कुखुरा पालनसम्बन्धी तालिमहरू सम्पन्न भएका छन् ।
कार्यक्रमअन्तर्गत पौष १८ गतेदेखि २० गतेसम्म झापा जिल्लाको गरामुनी शाखामा आबद्ध ६ जना गाई पालन गर्ने सदस्यहरूलाई तीन दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको थियो । त्यसैगरी पौष २३ गतेदेखि २८ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखामा आबद्ध २५ जना कुखुरा पालक सदस्यहरूलाई छ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको छ ।
उक्त तालिममार्फत ग्रामीण महिला सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । तालिमबाट सहभागी पशुपालक सदस्यहरूको दीर्घकालीन आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
तालिम कार्यक्रम शाखा कार्यालय दुर्गापुरी, मोरङ तथा शाखा कार्यालय गरामुनी, झापाको समन्वयमा सञ्चालन गरिएको हो ।




Comments are closed.