काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो। हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो ।
सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको मूल्इ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।



Comments are closed.