सुनको मूल्य तोलाको ३ लाख नाध्यो, कारोबार रकम कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८ सय पुगेको छ भने , चाँदीको मूल्य  छ हजार ४ सय ८० कायम भएको छ ।

शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० र चाँदी  दुई सय ९० ले बढेको छ । शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.