बागलुङ । बागलुङमा नयाँ व्यवस्थापनसँगै महिन्द्रा एण्ड महेन्द्रा कम्पनीको आधिकारिक सर्भिस सेन्टर प्रज्ञान मोटर्स सञ्चालनमा आएको छ। यातायात क्षेत्रमा लामो अनुभव भएका चित्रबहादुर केसीले बागलुङ नगरपालिका–१, रामरेखामा यो सर्भिस सेन्टर स्थापना गरेका हुन् ।
सर्भिस सेन्टर विशेष रूपमा महिन्द्रा कम्पनीका गाडीलाई लक्षित गरी १ करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको छ । प्रज्ञान मोटर्सका प्रोपाइटर चित्रबहादुर केसीका अनुसार, सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त जनशक्तिद्वारा गाडी मर्मत सेवा प्रदान गरिनेछ । नयाँ र आधुनिक प्रविधि मैत्री वातावरणमा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। सर्भिस सेन्टरमा जेनुन स्पेयर पार्ट्स र ल्युभिकेन्ट्स पनि उपलब्ध हुने जनाइएको छ ।
शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महेन्द्रा अप्टर सेल्स कन्ट्री म्यानेजर सोमनाथ धरले छिटो र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सेवाग्राहीले कुनै गुनासो नगर्ने खालको काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बिवि इन्कर्पोरेट प्रालि पोखराका बिजनेश प्रमुख राजेश रानाभाट, बागलुङ–११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, र बालाजु अटोवर्क्स प्रालिका प्रान्तीय म्यानेजर सन्तोष सुवेदीले शुभकामना र मंतव्य व्यक्त गरेका थिए ।
शुभारम्भ कार्यक्रम प्रज्ञान मोटर्सका प्रोपाइटर चित्रबहादुर केसीको अध्यक्षतामा, डाइरेक्टर प्रताप केसीको स्वागतसहित र धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।




Comments are closed.