‘सवारी’ सुपर एप’को सेवा फागुनबाट

राजन कुमार श्रेष्ठ, अध्यक्ष, सवारी सेवा नेपाल लिमिटेड

नेपाली दक्ष जनशक्ति र पूर्ण रूपमा नेपाली लगानीमा तयार पारिएको बहुप्रतिक्षित सुपर एप ‘सवारी’ आगामी फागुन २ गतेदेखि औपचारिक शुभारम्भ हुने भएको छ । सवारी सेवा नेपाल लिमिटेडले नेपाली मौलिकता र प्रविधिलाई आत्मसात् गर्दै यस एपलाई बजारमा ल्याउन लागेको हो ।

हाल राजधानीमा आयोजित ‘प्रथम काठमाडौं महोत्सव’मा ‘पावर्ड बाई’ पार्टनरमा सहकार्य गर्न पाउँदा खुसी लागेको छ । कम्पनीले सेवा सुरु हुनुअघि नै उपभोक्तासँग साक्षात्कार गर्ने अवसर पनि मेलामा मिल्नेछ । यो एपको मुख्य विशेषता भनेकै यसमा रहेको नेपालीपन हो । हामीले नेपाली प्राविधिक तथा दक्ष जनशक्तिको प्रयोग गरी नेपाली लगानीकर्ताहरूकै सामूहिक प्रयासमा यो एप तयार पारेका हौँ । महोत्सवमा ४ दिनसम्म रहने स्टलमार्फत एपले कसरी काम गर्छ र यसमा कस्तो प्रविधि प्रयोग गरिएको छ भन्नेबारे सर्वसाधारणलाई जानकारी दिइनेछ ।

‘सवारी’ एपले केवल यातायातमा मात्र सीमित नभई उपभोक्ताका दैनिक आवश्यकतालाई सहज बनाउन विभिन्न सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउनेछ । काठमाडौँ उपत्यका लगायत प्रमुख सहरहरूमा बाइक र कारको छिटो र भरपर्दो यात्रा, मनपर्ने रेस्टुरेन्टबाट ताजा परिकारहरू घरदैलोमै पु¥याइने, कागजात वा उपहारहरू रियल–टाइम ट्रयाकिङ र बीमाको सुविधासहित नेपालभर पठाउन सकिने, बजेटदेखि लक्जरी होटलसम्म आकर्षक डिलहरूमा बुकिङ गर्न सकिने लगायत सेवा उपलब्ध हुनेछन् । कम्पनीले निकट भविष्यमै थप विशिष्ट सेवाहरू थप गर्नेछ ।

You might also like

Comments are closed.