श्री नाथ कलेक्सन : गुणस्तरीय कपडा र व्यावसायिक सिलाई

काठमाडौं महोत्सवलाई सफल बनाउन श्री नाथ कलेक्सनले ‘को-स्पोन्सर’मा सहकार्य गरेको छ । महोत्सवमा श्री नाथ कलेक्सनले टेलरिङ पार्टनर र कर्पोरेट युनिफर्म पार्टनरको भूमिका महोत्सवमा निर्वाह गर्नेछ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा माघ १४ देखि १७ सम्म भृकुटिमण्डपमा महोत्सव हुँदैछ ।

लामो समयदेखि काठमाडौंको सर्टिङ तथा सुटिङ बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री नाथ कलेक्सन गुणस्तरीय कपडा र व्यावसायिक सिलाईका लागि चिनिन्छ । दक्ष कालिगढ र आधुनिक प्रविधिको फ्युजनमार्फत यस संस्थाले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

महोत्सवसँगको सहकार्यले स्थानीय व्यापारको प्रवद्र्धन र ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा आफू विश्वस्त रहेको कम्पनीका सञ्चालक रमानाथ श्रेष्ठ बताउँछन् । श्री नाथ कलेक्सनले बौद्धनाथ स्ट्रिट, चाबहिल र वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरबाट सेवा प्रदान गरिरहेको छ । प्रथम पटक आयोजित काठमाडौं महोत्सवको कोस्पोन्सरमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए ।

You might also like

Comments are closed.