काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालको यामाहा रेजेडआर हाइब्रिड माइलेज लिगले आफ्नो आधा यात्रा सफलतापूर्वक पूरा गरेको छ । केही महिनाअघि सुरु गरिएको यो प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालभरका राइडरहरूबीच उत्कृष्ट इन्धन दक्षता देखाउने प्रतिस्पर्धालाई थप उत्साहपूर्ण बनाउँदै लगेको छ । लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने तय गरिएको छ ।
यामाहा रेजेडआर 125-FI हाइब्रिडले ARAI-प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता बोकेको भए पनि, माइलेज लिगमार्फत् वास्तविक सडकमा यसले अझ उच्च प्रदर्शन गर्न सक्ने प्रमाणित भएको छ । हालसम्म एक सहभागीले ८७.२० किलोमिटर प्रतिलिटर माइलेज हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि उक्त स्तरको निकै नजिक पुगेका छन् । यसले प्रयोगशालामा मात्र होइन, वास्तविक राइडिङ अवस्थामै कम्पनीको माइलेज दाबीलाई पार गरेको देखाएको छ ।
माइलेज लिग अन्तर्गत यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविध भौगोलिक अवस्थाहरूमा परीक्षण गरिएको छ । तराईका समथर सडकदेखि पहाडी उकालो–ओरालो, हाइवेका पिच सडकदेखि अफ–रोड ट्रेलसम्म सबै परिस्थितिमा स्कुटरले उत्कृष्ट माइलेज प्रदर्शन गरेको आयोजकले जनाएको छ । यामाहाले विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका आधारमा, इन्धन दक्षतालाई प्रत्यक्ष देख्न सकिने प्रतिस्पर्धाको रूपमा प्रस्तुत गर्दै आएको छ ।
सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको माइलेज लिगले नेपालका प्रमुख शहरहरूमा सफल कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्तिम चरणका लागि केही शहरहरू अझै बाँकी छन् ।
यस अवसरमा यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल एउटा प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव हो । हामी ल्याबमा प्राप्त नतिजालाई नेपालका वास्तविक सडकमा प्रमाणित गरिरहेका छौं । हाम्रो चाहना हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाइरहेको गर्व महसुस गर्न सकोस् भन्ने हो ।”
यामाहा रेजेडआर 125 FI हाइब्रिड हाल नेपालकै सबैभन्दा बढी माइलेज दिने तथा धेरै बिक्री हुने स्कुटरमध्ये एक हो । यो आफ्नो सेग्मेन्टमा उपलब्ध एकमात्र हाइब्रिड स्कुटरसमेत हो । यसमा प्रयोग गरिएको अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (SMG) र अटोमेटिक स्टप एन्ड स्टार्ट प्रणालीले शक्ति र माइलेजबीच उत्कृष्ट सन्तुलन प्रदान गर्दछ ।
लिगको मुख्य आकर्षणका रूपमा रहेको ‘विनर अफ विनर्स’ उपाधिको अन्तिम प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ देशभरका क्षेत्रीय विजेताहरू अन्तिम स्किल टेस्टका लागि एकै स्थानमा भेला हुनेछन् । आगामी दिनमा थप माइलेज च्यालेन्जहरू सञ्चालन हुने भएकाले नयाँ सहभागीहरूका लागि पनि अवसर खुला रहेको यामाहा नेपालले जनाएको छ ।
यामाहा नेपालले सबै यामाहा रेजेडआर हाइब्रिड मालिकहरूलाई नजिकको यामाहा शोरूममा सम्पर्क गरी माइलेज लिगमा सहभागी हुन आग्रह गरेको छ । एमएडब्लू राइड्स प्रा. लि. द्वारा प्रतिनिधित्व गरिएको यामाहा नेपालले उत्कृष्ट जापानी इन्जिनियरिङ र ‘कान्दो’ दर्शनमार्फत् ग्राहकहरूलाई उत्साह र सन्तुष्टि प्रदान गर्दै दुई–पाङ्ग्रे सवारी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।




Comments are closed.