काठमाडौँ महोत्सव : स्वदेशी उत्पादन र नवप्रवर्तनको कुम्भ मेला

लोकेश्वर मान जोशी
सूचना प्रविधि समिति सदस्य तथा मूल समारोह समिति सदस्य
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं

नेपाल उद्योग वाणिज्य संघ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित काठमाडौँ महोत्सव २०८२ (बिजनेस एक्सपो २०२६) आज शनिबार भव्य समारोहका बीच समापन हुँदैछ ।

विगतका दिनदेखि सञ्चालित यस मेलाले स्वदेशी उद्योग, स्थानीय उत्पादन र नयाँ प्रविधिलाई एकै ठाउँमा ल्याउने एउटा सशक्त आर्थिक प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको छ । हजारौँ दर्शक, उपभोक्ता र व्यवसायीहरूको उत्साहजनक उपस्थितिले यो मेला केवल व्यापार गर्ने थलो मात्र नभई नेपाली अर्थतन्त्रको ऐना समेत बनेको छ ।

यसपटकको एक्सपोमा उपभोक्ताका लागि विविध विकल्पहरू उपलब्ध गराइयो जुन निकै प्रशंसनीय छ ।

घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरू, बजारमा भित्रिएका नयाँ उत्पादन र सेवाहरूको प्रदर्शनी, विभिन्न स्टलहरूमा विशेष छुट र उपहार योजनाहरू, मनोरञ्जनका लागि विविध सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई थप आकर्षित गरिरहेको छ ।

महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने मात्र नभई व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सफल भएको छ । यो महोत्सवले भविष्यका व्यावसायिक सम्भावना र नयाँ सहकार्यको ढोका खोलेको छ ।

यो मेला केवल किनबेचको थलो मात्र होइन, यो नयाँ सोच र नवप्रवर्तनलाई प्रस्तुत गर्ने माध्यम पनि हो । आज अन्तिम दिन भएकाले सम्पूर्ण महानुभावहरूलाई परिवार र साथीभाइसहित अवलोकनका लागि हार्दिक निमन्त्रणा गर्दछ ।

मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, काठमाडौँ महानगरपालिका, सुरक्षा निकाय, स्वयंसेवक, प्रायोजक तथा सञ्चारकर्मीहरूलाई आयोजक समितिले विशेष धन्यवाद ज्ञापन गर्दछु ।

आज बेलुकासम्म चल्ने यस मेलामा स्वदेशी उत्पादनको समर्थन गर्न र विशेष सुविधाहरूको लाभ लिन आयोजकले सबैमा आग्रह गर्दछु ।

You might also like

Comments are closed.