अवलोकनकर्ताको आकर्षणले प्रथम काठमाडौं महोत्सवको भव्य बन्यो

दुर्गाराज श्रेष्ठ, महासचिव, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा पहिलो पटक सञ्चालन भएको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको ऐतिहासिक पहिचान, कला–संस्कृति र आर्थिक सम्भावनालाई एकीकृत मञ्च प्रदान गर्ने उद्देश्यले माघ १४ देखि १७ सम्म भृकुटीमण्डप काठमाडौंमा आयोजित महोत्सव ऐतिहासिक रूपमा सफल हुँदा हामी आयोजक खुसी भएका छौं ।

यस अवसरमा महोत्सवलाई मर्यादित र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गर्दछौं । महोत्सवले काठमाडौं महानगरको आर्थिक सम्भावना र रचनात्मक क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । कला, संस्कृति, उद्योग र व्यापारको संगमका रूपमा रहेको यो महोत्सवले स्थानीय उद्यमीहरूलाई ठूलो राहत मिलेको छ ।

कला, संस्कृति, उद्योग र व्यापारको एकीकृत मंचका रूपमा आयोजना गरिएको यस महोत्सवले काठमाडौको ऐतिहासिक पहिचान र आर्थिक सम्भावनालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

संघका अध्यक्ष, संयोजक, पदाधिकारी तथा कार्यसमितिको कुशल व्यवस्थापन, प्रदर्शक उद्योगी–व्यवसायीहरूको उत्साहजनक उपस्थिति, सुरक्षा निकायको प्रभावकारी व्यवस्थापन र सञ्चार माध्यमहरूको सकारात्मक प्रचार–प्रसार, कर्मचारी तथा स्वयंसेवकहरूको निरन्तर खटाईले महोत्सव सोचेभन्दा बढी सफल भएको छ । चार दिनसम्म चलेको महोत्सवमा करिब एक लाख अवलोकनकर्ताको उपस्थिति रह्यो । अवलोकनकर्ताको आकर्षणले पनि महोत्सवको सफलतालाई पुष्टि गरेको छ ।

महोत्सव अवधिभर प्राप्त भएका सुझाव र सकारात्मक प्रतिक्रियाले भविष्यमा अझ व्यवस्थित, प्रभावकारी र दिगो कार्यक्रमहरू आयोजना गर्न थप प्रेरणा मिलेको छ । आगामी दिनमा पनि यस्तै सहकार्य, समन्वय र सद्भाव कायम रहने विश्वास गरेका छौं । महोत्सवले काठमाडौंका स्थानीय उत्पादनहरूको बजारीकरण र पर्यटन प्रवद्र्धनमा समेत नयाँ इँटा थपेको छ । पहिलो महोत्सवका कमिकमजोरी सुधार गर्दै आगामी दिनमा अझै परिस्कृत भएर दोस्रो काठमाडौंको महोत्सवको तयारीमा जुट्ने प्रतिबद्धता गर्दछौं ।

(प्रथम काठमाडौं महोत्सव सम्पन्न भएपछि संघका महासचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आधारित)

You might also like

Comments are closed.